शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

विश्वव्यापी तनाव कायमै रहँदा चीनले फेरि बढायो रक्षा बजेट

विश्वव्यापी तनाव कायमै रहँदा चीनले फेरि बढायो रक्षा बजेट

काठमाडौं । चीनले सन् २०२३ को रक्षा बजेटमा ७.२ प्रतिशतले वृद्धि गर्ने भएको छ ।  विश्वव्यापी रूपमा नै सुरक्षा तनाव बढिरहेको अवस्थामा चीनले आफ्नो रक्षा बजेटलाई निरन्तर बढाउँदै लगिरहेको छ । यसले अमेरिका र चीनबीचको द्वन्द्वलाई थप उत्कर्षमा पुर्‍याउन सक्ने रक्षा विश्लेषकहरूले दाबी गरेका छन् । आइतबार राष्ट्रिय जनकंग्रेस (एनपीसी) को वार्षिक सत्रको उद्घाटनमा पेस गरिएको बजेटको मस्यौदामा देशको वार्षिक रक्षा बजेट करिब २ खर्ब २५ अर्ब डलर हुने उल्लेख छ ।

साझा पोष्ट
सोमबार, फागुन २२ २०७९
  • images
    विश्वव्यापी तनाव कायमै रहँदा चीनले फेरि बढायो रक्षा बजेट
    images

    काठमाडौं । चीनले सन् २०२३ को रक्षा बजेटमा ७.२ प्रतिशतले वृद्धि गर्ने भएको छ । 


    images
    images

    विश्वव्यापी रूपमा नै सुरक्षा तनाव बढिरहेको अवस्थामा चीनले आफ्नो रक्षा बजेटलाई निरन्तर बढाउँदै लगिरहेको छ । यसले अमेरिका र चीनबीचको द्वन्द्वलाई थप उत्कर्षमा पुर्‍याउन सक्ने रक्षा विश्लेषकहरूले दाबी गरेका छन् ।

    आइतबार राष्ट्रिय जनकंग्रेस (एनपीसी) को वार्षिक सत्रको उद्घाटनमा पेस गरिएको बजेटको मस्यौदामा देशको वार्षिक रक्षा बजेट करिब २ खर्ब २५ अर्ब डलर हुने उल्लेख छ ।

    बाह्य खतरा र अस्थिरताको सामना गरिरहेको राष्ट्रिय सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र विकास हितको रक्षा गर्न तथा आफ्नो जनाएको छ ।  रुस-युक्रेन युद्ध, बेलुन काण्डसँगै अमेरिकासँग बढेको तिक्तता तथा राष्ट्रपति सीको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको निकटताबीच आएको रक्षा बजेटले विश्व राजनीतिलाई नै तरंगित बनाएको छ । 

    सन् २०१६ यता चीनले लगातार आठौँ वर्ष रक्षा बजेटमा भइरहेको बढोत्तरीलाई कायमै राखेको हो । कोभिड महामारीको समयमा पनि चीनले रक्षा बजेट वृद्धिलाई कायम नै राखेको थियो । २०२० मा रक्षा बजेटमा ६.६ प्रतिशतको वृद्धि, २०२१ मा ६.८ प्रतिशत तथा २०२२ मा ७.१ प्रतिशतले वृद्धि गरिएको थियो । गत वर्षको तुलनामा यसवर्ष रक्षा बजेट केवल ०.१ प्रतिशतले बढाइएको हो । 

    यस्तै बजेटमा २०२३ मा चीनको आर्थिक वृद्धिदर लाई ५ प्रतिशत पुर्‍याउने लक्ष्य रहेको पनि उल्लेख छ । २०२२ मा चीनले आर्थिक वृद्धिदरलाई ३ प्रतिशत कायम राख्ने लक्ष्य राखेको थियो ।

    ग्लोबल टाइम्सका अनुसार चीनले सन् २०२७ सम्ममा चिनियाँ सेनाको शताब्दी लक्ष्य हासिल गर्ने, सन् २०३५ सम्ममा राष्ट्रिय रक्षा र सशस्त्र बलको आधुनिकीकरण गर्ने र २१औँ शताब्दीको मध्यसम्ममा सशस्त्र सेनालाई पूर्णरूपमा विश्वस्तरको सेना बनाउने लक्ष्य राखेको छ।

    गत शनिबारबाट सुरु भएको एनपीसी बैठकले राष्ट्रपतिमा सी चिनफिङको पुनस् निर्वाचित गर्नुका साथै चिनियाँ सेनाको प्रमुख पनि चयन गर्ने छ ।  यसै बैठकले चीनको नयाँ प्रधानमन्त्री पनि चयन गर्ने छ । 
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार