बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

'अर्थतन्त्र सुधार हुँदै गएको छ, १० अर्ब डलर सञ्चिती छ'

'अर्थतन्त्र सुधार हुँदै गएको छ, १० अर्ब डलर सञ्चिती छ'

साझा पोष्ट
शुक्रबार, फागुन २६ २०७९
  • images
    'अर्थतन्त्र सुधार हुँदै गएको छ, १० अर्ब डलर सञ्चिती छ'
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले  पछिल्लो समय अर्थतन्त्रमा सुधार हुँदै गइरहेको बताएका छन । शुक्रवारदेखि काठमाडौंमा शुरु भएको दोस्रो अर्थशास्त्री सम्मेलनमा गभर्नर अधिकारीले अर्थतन्त्र अहिले सहज स्थितिमा रहेको भन्दै सबैकुरामा नकारत्मक रुपले नहेर्न आग्रह गरे । 
     नेपाल अहिले करिव १० अर्ब भन्दा बढी डलरको सञ्चितिमा रहेको भन्दै उनले करिव १० महिनाको आयातलाई धान्नसक्ने क्षमता रहेको जानकारी दिए । 


    images
    images

    'यही बेला पोहोर साल मलाई सोध्नुहुन्थ्यो भने मैले यो तथ्यांक अर्कै बताउनु पर्दथ्यो, हामी अर्कै ठाउँमा थियौँ । तर हामी अहिले सहज अवस्थामा छौँ । हामी पुस मसान्तको डेटा अनुसार नै झन्डै एक खर्बको शोधनान्तर वचत छ । जुन डेटा गत सालको पुस मसान्तमा हेर्नुभयो भने २४१ अर्बको घाटामा थियौँ । माघको तथ्यांक केही दिनभित्रै आउँदैछ । मलाई लाग्छ अहिलेसम्मको इन्डिकेटिभ तथ्यांकअनुसार यो थप सुधार भएर आउनेछ । यसको फलस्वरुप हाम्रो वाह्य क्षेत्रको तथ्यांक सुधार भएर गएका छन् ।’ उनले भने, हामी अहिले करिव १० अर्ब भन्दा बढी डलरको सञ्चितिमा छौँ । करिव १० महिनाको आयात धान्नसक्ने क्षमतामा छौँ । यसले हामीलाई के बुझाउँछ भने हामी सुधारको अवस्थामा छौँ । सबै कुरालाई नकारात्मक रुपले नलिऔँ । हामी सहज स्थितिमा छौँ ।’ 

    समान देशको तुलनमा नेपालको अर्थतन्त्र सुधार भइरहेको उनले बताए ।  पुस मसान्तको डेटा अनुसार नै झन्डै एक खर्बको शोधनान्तर वचत रहेको भन्दै गत सालको पुस मसान्तमा २४१ अर्बको घाटा रहेको  उनले स्पष्ट पाए । 

    गभर्नर अधिकारीले अर्थतन्त्रका संरचनागत विषयमा धेरै सुधार गर्न जरुरी रहेको बताए । 

    गभर्नर अधिकारीले वि।सं। २०४६ देखि बजारले नै ब्याजदर तोक्ने गरी खुलाबजार अर्थतन्त्र अँगालेको स्मरण गराउँदै अहिले फेरि राष्ट्र बैंकले नियन्त्रण गर्नुपर्ने माग उठेको भन्दै ०४६ अघि फर्किन खोजेको हो भनेर प्रश्न गरे । 
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार