शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

'मुन्द्रेको कमेडी क्लब'को मुख्य प्रायोजक सिटी एक्सप्रेस मनि ट्रान्सफर

'मुन्द्रेको कमेडी क्लब'को मुख्य प्रायोजक सिटी एक्सप्रेस मनि ट्रान्सफर

साझा पोष्ट
शनिबार, फागुन २७ २०७९
  • images
    'मुन्द्रेको कमेडी क्लब'को मुख्य प्रायोजक सिटी एक्सप्रेस मनि ट्रान्सफर
    images

    काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर, लोकप्रिय कमेडी सो 'मुन्द्रेको कमेडी क्लब'को  मुख्य प्रायोजकको रूपमा रहने भएको छ । एक्सप्रेस मनि ट्रान्सफरको कार्यालयमा शुक्रवार मुख्य प्रायोजन सम्बन्धी सम्झौता भएको छ । कार्यक्रम चैत २ गते देखि बिहिबार बेलुकी ९ बजे नियमित रुपमा सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लबको नामबाट कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ ।  युट्युबमा OSR Digital बाट प्रसारण हुनेछ । 


    images
    images

    कार्यक्रमको मुख्य पात्रका चर्चित हाँस्य कलाकार जितु नेपाल र नायिका प्रियंका  कार्की छन्  । यस्तै दमन रुपाखेती, राजेन्द्र नेपाली ’लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बाँस्कोटाकाो साथै अन्य कलाकारहरु पनि विभिन्न भागमा उपस्थिति रहनेछ । कार्यक्रमको निर्देशन दिनेश डि.सि.ले गर्नेछन् ।

    सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १६ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेसका देशभर १५,००० भन्दा बढि भुक्तानी केन्द छन । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार