मंगलबार, वैशाख ११ गते २०८१
Logo
मंगलबार, वैशाख ११ गते २०८१

विदेश गएका नेपालीले ७ महिनामा पठाए झण्डै ७ खर्ब रुपैयाँ

विदेश गएका नेपालीले ७ महिनामा पठाए झण्डै ७ खर्ब रुपैयाँ

साझा पोष्ट
आइतबार, फागुन २८ २०७९
  • images
    विदेश गएका नेपालीले  ७ महिनामा पठाए झण्डै ७ खर्ब रुपैयाँ
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको सात महिनाको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ ।


    images
    images

    सार्वजनिक प्रतिवेदन अनुसार साउनदेखि माघसम्म कुल ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । 
    वैदेशिक रोजगारीमा गएका नेपालीले चालू आर्थिक वर्षको ७ महिनामा  यो रकम स्वदेशमा पठाएका हुन् । यो रकम गत वर्षको यसै अवधिको तुलनामा २७.१ प्रतिशतले बढी हो ।

    गत वर्षका यस अवधिमा रेमिट्यान्स आप्रवाह ४.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १६।४ प्रतिशतले बढेर ५ अर्ब ३० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै ७ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख १४ हजार ७६७ पुगेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ५७.३ प्रतिशतले बढी हो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई १ लाख ६७ हजार ७०८ पुगेको छ ।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार