Sajha Post
यूएईलाई हराउँदै नेपालले  एकदिवसीय मान्यता जोगायो

काठमाडौं । नेपालले आईसीसी एकदिवसीय मान्यता जोगाएको छ ।

 नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक  सिरिजमा युनाइटेड अरव इमिरेट्स(युएई)माथि १ सय ७७ रनको कीर्तिमानी जित निकाल्दै नेपालले आगामी चार वर्षका लागि  एकदिवसीय मान्यता जोगाएको छ ।

। नेपालले लिग २ मा शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता प्राप्त गरेको हो ।  जितसँगै दोस्रो नेपालको ३६ अंक भएको छ । बाँकी २ खेल नै पराजित भए पनि नेपाल अब विश्वकप लिग २ को शीर्ष ५ स्थानमा कामय रहनेछ ।युएईले हारसँगै सोझै ओडिआई मान्यता बचाउने अवसर गुमाएको छ । 

जितका लागि २ सय ४९ रनको विशाल विजयी लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रनमा अल आउट भयो । युएईका आयन खानले ३३ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक रन बनाए ।

यो नेपालको ओडिआईमा रनको हिसाबमा सर्वाधिक ठूलो जित हो । यसअघि नेपालको ओडिआईमा सर्वाधिक रनको जित २०२१ मा पपुवा न्युगिनीविरुद्ध दोस्रो ओडिआई खेलमा अल अमरेतमा १ सय ५१ रन थियो । नेपालले  कीर्तिमान तोडेको हो । नेपालका लागि ललित राजवंशीले पाँच विकेट लिए ।  राजवंशीले २० रन दिएर ५ विकेट लिए ।

सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान १-१ विकेट लिए । 

कीर्तिपुरमा पहिले ब्याटिङ गरेको नेपालले  निर्धारित ४९.२ ओभरमा अलआउट हुँदै २४८ रन बनाएको हो ।खराब सुरुवात गरेको नेपालको इनिङ्स मध्यक्रमले सम्हाल्यो । तर आज पनि नेपाल पुरै ओभर खेल्न सकेन् । 

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रन बनाए भने आरिफ शेख ४३ रनको योगदान गरे ।  त्यस्तै गुल्शन झाले ३७, दीपेन्द्र सिंह ऐरीले ३४ र भीम सार्की ३७ २९ रन  जोडे । कुशल भुर्तेलले  ८ र  कुशल मल्लले ९ रन बनाए । 

२२ रनमा तीन विकेट गुमाएर संकटमा परेको नेपाललाई रोहित पौडेल, आरिफ शेख भीम सार्की, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले सम्हालिएर खेल्दै राम्रो योगफलसम्म पुर्याए । 

२२–३ को अवस्थामा पुगेको नेपाललाई चौथो विकेटका लागि भीम र रोहितले ५४ रनको साझेदारी गर्दै सम्हाले ।  भीम सार्की ३७ बलमा ४ चौकासहित २९ रनमा क्याच आउट भए ।

रोहितले त्यसपछि आरिफसँग मिलेर ईनिङ अघि बढाए । ७६–४ को अवस्थामा आरिफ शेख र रोहित पौडेलले ८६ रनको साझेदारी गरे । आरिफ शेख ५२ बलमा ५ चौकासहित ४३ रनमा क्याच आउट भए । ११२ बलको सामना गरेका रोहित ७७ रन बनाएर आउट भए । उनी टिमको स्कोर १६२ रहँदा उनी पाँचौ विकेटका रुपमा आउट भए । उनले नौ चौका हाने । 

आठौं नम्बरमा आएका दीपेन्द्रसिंह ऐरीले विष्फोटक व्याटिङ गरे । गुल्सन झा र दीपेन्द्रले आक्रमक व्याटिङ गर्दै सातौं विकेटका लागि ४८ रनको साझेदारी गरे ।४८औं ओभरमा आउट भएका गुल्शनले ३२ बल खेल्दै १ चौका र ३ छक्का मद्दतमा ३७ रन बनाए । नेपाली इनिङ्समा गुल्शन सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बने ।

दीपेन्द्रसिंह ऐरीले १९ बलमा ३४ रनको विष्फोटक प्रदर्शन गरे । उनले ३ चौका र २ छक्का हाने । त्यसपछि भने नेपालले लगातार विकेट गुमायो । यूएईका तर्फबाट आयन अफजल खान‚ जहुर खान‚ रोहन मुस्तफा र जवर फरिदले २-२ विकेट लिए भने जुनैक सिद्दिकी र आर्यन लाक्रा १-१ लिन सफल भए ।

नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौथो स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३४ खेलमा ५ मा जित र २८ मा हारसहित ११ अंक जोड्दै पुछारमा छ
.

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update