Sajha Post
सन्दीप लामिछानेले पाँच विकेट लिएपछि पीएनजी ९५ रनमा अलआउट

काठमाडौं । आईसीसी विश्वकप लिग टू को अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई जितको लागि ९६ रनको सामान्य लक्ष्य दिएको छ ।  टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले नेपालको बलिङ सामु खुलेर ब्याटिङ गर्ने सकेन । 

पीएनजीले ३२ ओभरमा अलआउट हुदै मात्रै ९५ रन बनाउन सक्यो ।  एनजीका लागि कप्तान असद भालाले सर्वाधिक २० रन बनाए । यस्तै सेसे बाउ १८ रनमा आउट हुँदा चाल्स अमिनिले १६ रन बनाए । हिरि हिरिले १८ रन बनाउँदा पीएनजीका अन्य ब्याटरले दोहोरो अंकमा रन नबाउन सकेनन् । 

नेपालका लागि सन्दीप लामिछानेले सानदार बलिङ गरे ।  उनले १० ओभर बलिङ गरेर २५ रन खर्चिदै ५ विकेट लिए ।  यस्तै ललित नारायण राजवंशी र कुशल मल्लले समान २, २ तथा सोमपाल कामीले १ विकेट लिए । 

cricket kirtipur1678688529.jpg

नेपालले यस सिरिजको आफ्नो पहिलो खेलमा पीएनजीलाई ५२ रनले पराजित गरेको थियो । विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका दुई खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ। 
 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update