भिजन लुम्बिनी उर्जा कम्पनीले आईपीओ निष्कासन गर्ने

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले विद्युत नियमन आयोगबाट सहमति पाएसँगै फागुन २१ गते आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड ९सेबोन०मा आवेदन दिएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई ३८ करोड २५ लाख रकम बराबरको ३८ लाख २५ हजार बराबरको कित्ता सेयर निष्कासनका लागि अनुमति मागेको हो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ ।
कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित सेतीनदीमा २५ मेगावाटको सेतिनदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको अधिकांश संरचना माछापुच्छ्रे गाउँपालिकाको वडा नं २ र यसको अलावा वडा नं १,३,४ र पोखरा महानगर पालिकाको वडा नं १९ को केही भागमा रहने छ ।
प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९ १२:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय