शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

लेजेन्ड्स क्रिकेट लिगमा पारस आवद्ध टोलीको लगातार दोस्रो जित

लेजेन्ड्स क्रिकेट लिगमा पारस आवद्ध टोलीको लगातार दोस्रो जित

जितको लागि १ सय रनको विजयी लक्ष्य पछ्याएको जायन्ट्सले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै ६४ रन बनायो । उसका लागि क्रिस गेलले सर्वाधिक २३ रन बनाए । कप्तान आरोन फिन्च २, लेन्डन सिमन्स १४, शेन वाटसन ३ र रस टेलरले ७ रन बनाए । एसियाका लागि कप्तान शाहिद अफ्रिदीले २ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । अब्दुर रजाकले २ ओभरमा १ मेडनसहित २ रन खर्चेर २ विकेट लिए ।

साझा पोष्ट
मंगलबार, फागुन ३० २०७९
  • images
    लेजेन्ड्स क्रिकेट लिगमा पारस आवद्ध टोलीको लगातार दोस्रो जित
    images

    काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिगमा लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा एसिया लायन्सले वर्ल्ड जायन्ट्समाथि ३५ रनको सानदार जित हात पारेको हो । एसिया लायन्स लगातार दोस्रो जितपछि शीर्ष स्थान कायमै गरेको छ ।


    images
    images

    जितको लागि १ सय रनको विजयी लक्ष्य पछ्याएको जायन्ट्सले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै ६४ रन बनायो । उसका लागि क्रिस गेलले सर्वाधिक २३ रन बनाए । कप्तान आरोन फिन्च २, लेन्डन सिमन्स १४, शेन वाटसन ३ र रस टेलरले ७ रन बनाए । एसियाका लागि कप्तान शाहिद अफ्रिदीले २ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । अब्दुर रजाकले २ ओभरमा १ मेडनसहित २ रन खर्चेर २ विकेट लिए । सोहेल तनविरले एक विकेट लिए ।

    त्यसअघि दोहामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एसियाले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै ९९ रन बनायो । लायन्सका मिस्बाह उल हक ४४ रनमा अविजित रहे । तिलकरत्ने दिलशान ३२ रनमा अविजित रहे । नेपालका पूर्व कप्तान पारस खड्का टोलीको प्लेइङ ११ मा परेपनि ब्याटिङ र बलिङ गर्ने अवसर भने पाएनन् ।

    भिजेको आउट फिल्डको कारण निर्धारित समय भन्दा झण्डै तीन घण्टापछि खेल सुरु भएपछि १०।१० ओभरमा खेल झारिएको थियो । एसिया लायन्सले पहिलो खेलमा इन्डिया महाराजसलाई ९ रनले हराएको थियो । अव एसियाले आज राती भारतसँग खेल्नेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार