शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

तनहुँ–१ मा कहिले होला उपचुनाव ? 

तनहुँ–१ मा कहिले होला उपचुनाव ? 

साझा पोष्ट
मंगलबार, फागुन ३० २०७९
  • images
    तनहुँ–१ मा कहिले होला उपचुनाव ? 
    images

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनपछि रिक्त भएको तनहुँ–१ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि उपराष्ट्रपतिको निर्वाचनसम्म पर्खिने भएको छ। 


    images
    images

    उपराष्ट्रपतिको निर्वाचन परिणामले निर्वाचन क्षेत्र रिक्त हुने अवस्था आए चितवन–२ र तनहुँ–१ सँगै सो क्षेत्रमा पनि एकै दिन निर्वाचन गर्नेगरी आयोगले आन्तरिक तयारी गरेको हो। 

    उपराष्ट्रपतिको निर्वाचनमा चार जना उम्मेदवार रहेकोमा एक, एक जना राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य हुनुहुन्छ। दुई जना उम्मेदवार संसद्को निर्वाचित पदमा हुनेछैनन्। आयोगले उपराष्ट्रपतिको निर्वाचनबाट प्रतिनिधि सभा क्षेत्र रिक्त हुने अवस्था आए आगामी २०८० साल वैशाख १० गते नै चितवन, तनहुँ र सो क्षेत्रमा उपनिर्वाचन गर्ने तयारी गरेको हो। 

    प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिनेछ। सो व्यवस्थाबमोजिम आयोगले माघ २९ गते चितवन–२ मा उपनिर्वाचन हुने घोषणा गरेको थियो। 

    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ चालू आर्थिक वर्ष २०७९?८० भित्र जुनसुकै क्षेत्रमा उपनिर्वाचन हुने भए माघ २९ गतेसम्म कायम मतदाताले मात्रै मतदान गर्न पाउने निर्णय भएको जानकारी दिए । सो निर्णयबमोजिम चितवन र तनहुँमा माघ २९ गतेसम्म कायम मतदाताले मतदान गर्न पाउने उनले बताए ।  

    तनहुँ–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएपछि संविधानबमोजिम सो पद स्वतः रिक्त भएको हो। आयोगले चितवन–२ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको निर्वाचन आगामी वैशाख १० गते हुने निर्धारण गरिसकेको छ। चितवनको उपनिर्वाचनका लागि दल दर्तासमेत भइसकेको छ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार