शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

बिहीबार नेपाल र युएई बीचको खेल हुने दिन कीर्तिपुरको मौसम कस्तो रहला ?

बिहीबार नेपाल र युएई बीचको खेल हुने दिन कीर्तिपुरको मौसम कस्तो रहला ?

साझा पोष्ट
मंगलबार, फागुन ३० २०७९
  • images
    बिहीबार नेपाल र युएई बीचको खेल हुने दिन कीर्तिपुरको मौसम कस्तो रहला ?
    images

    काठमाडौं । संयोगवस सोमबार नेपाल र पपुवा न्युगगिनी (पीएनजि) बीचको खेलमा नेपालले टस जितेर फिल्डिङ रोज्यो । पीएनजीले ९६ रनको सामान्य लक्ष्य दियो । जुन नेपालले ८ ओभर भित्रै ९ विकेटले जित्यो । नेपालले खेल जिते लगत्तै टीयु मैदान कीर्तिपुरमा भारी वर्षा भयो । 


    images
    images

    यदि नेपालले ब्याटिङ रोजेको भए पीएनजीसामु ठूलो लक्ष्य दिने थियो । जुन लक्ष्य भेटाउन खेल लामो समय जान सक्थ्यो । र वर्षाले खेल अवरुद्ध भइ नेपालले सहजै जित्ने खेलमा पनि अंक बाँड्न विवस हुने थियो । ‌अंक बाँड्नु पर्ने अवस्थामा नेपालका लागि दुर्भाग्य हुन सक्थ्यो । 

    किनको नेपालले खेलेका पछिल्ला ११ खेलमध्य १० मा जित निकालेर उच्च लयमा देखिएको छ । र यहि लय समात्दै बिहीबारको खेलमा युएईलाई पराजित गर्दै विश्वकप छनोट खेल्ने नेपालको योजना छ । पीएनजीविरुद्ध अंक बाँड्नु परेको अवस्थामा नेपाल सिधै विश्वकप छनोट खेल्न जिम्बाब्बे जाने सपनामा धक्का लाग्न सक्थ्यो । यो हिसावले कप्तान रोहिन पौडेलले फिल्डिङ रोजेर भाग्यमानी मात्र होइन निक्कै बुद्धिमानी पनि ठहरिए ।  

    अव नेपाललाई एउटा मात्र डर छ, बिहीबार युएईसँग भिड्दा मौसम बाधक नबनोस् । उच्च लय र बलियो मनोबलमा रहेको नेपालका लागि अव अन्तिम खेलमा युएईलाई पराजित गर्न समस्या छैन । त्यसैले वर्षा भएर खेल शुरु नभइ अंक बाँड्नु परेमा वा खेल चल्दा चल्दै वर्षा भएर डीएल मेथडमा जानु पर्ने अवस्था नेपालका लागि हानिकारक हुन सक्छ । 

    किनकी त्यस्तो अवस्थामा शीर्ष तीनमा रहनका लागि नेट रन रेट हेर्नु पर्ने हुन्छ । जुन अहिले नेपालभन्दा माथि रहेको नामिबियाको राम्रो छ नेपालको भन्दा । पूरै ३६ खेल खेलेको नामिबियाको ३९ अंक छ र नेट रनरेट ०.२९८ छ । एक खेल कम खेलेर चौथो स्थानमा रहेको नेपालको ३८ अंक छ र नेट रनरेट ०.०९५ मात्र छ । 

    अंक बाँड्नु पर्ने अवस्थामा नेपाल र नामिबियाको समान ३९ अंक हुने भए पनि रन रेटमा नामिबिया अघि रहेकाले नेपालको सिधै शीर्ष ३ मा रहेका विश्वकप छनोट खेल्ने सपना चकनाचुर हुन्छ । त्यस्तो अवस्थामा नेपालले प्ले अफ खेल्नु पर्ने हुन्छ । त्यसैले बीहीबार काठमाडौंको मौसम नेपालका लागि निर्णायक छ । 

    तर क्रिकेट प्रेमीहरुका लागि खुशीको कुरा बिहीबार काठमाडौंको ठूलो पानी नपर्ने अनुमान गरिएको छ । बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी  भेगका केहि स्थानहरू तथा तराई भेगका थोरै स्थानमा अपराह्णतिर भने मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमवीद गोविन्द झाले साझा पोष्टलाई जानकारी दिए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार