Sajha Post
आफ्नो अन्तिम खेलमा पीएनजीले युएईलाई दियो २३५ रनको लक्ष्य

कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा पपुवा न्यूगिनी (पीएनजी) युएईलाई २३५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २३४ रन बनायो ।

पीएनजीका लागि असाद भालाले सर्वाधिक ६५ रनको योगदान गरे । नोरमन भानुआले ३१ बलमा ४९ रन बनाए । उनले १ चौका र ५ छक्का प्रहार गरे । रिले हेकुरेले ३३ रन, किपलिन डोरिगाले २४ रन तथा चार्लस अमिनीले २२ रन जोडे ।

युएईका लागि हजरत विलालले ४ तथा जावर फरिद र रोहन मुस्तफाले १, १ विकेट लिए ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update