
काठमाडौं । क्रिकेट एशोशीयसन अफ नेपाल क्यानले भोलि नेपाल र युएईबीच हुने खेलको टिकटबाट उठ्ने पैसा खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत क्यानले यस्तो घोषणा गरेको हो ।
विश्वकप लिग डिभिजन टु मा भोली नेपाल र युएई भिड्दैछन् । नेपालले भोलीको खेलमा जित निकालेमा विश्वकप छनोट खेल्न पाउने छ । डिभिजन टुमा पछिल्ला ११ खेलमा नेपालले १० मा जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा नेपाल र युएईबीचको खेल हेर्नका लागि झण्डै २० हजार दर्शक कीर्तिपुर जाने अनुमान गरिएको छ । एउटा टिकटको मूल्य एक सय ५० रुपैयाँ तोकिएको छ ।
प्रकाशित मिति: बुधबार, चैत १, २०७९ १७:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय