शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

आसिफको विष्फोटक शतकमा नेपाललाई ३११ रनको विशाल लक्ष्य

आसिफको विष्फोटक शतकमा नेपाललाई ३११ रनको विशाल लक्ष्य

आसिफले सन्दीपको एकै ओभरमा २५ रन प्रहार गरे

काठमाडौं । आईसीसी आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालका लागि निकै महत्वपूर्ण र निर्णायक खेलमा यूएईले नेपाललाई ३११ विशाल लक्ष्य दिएको छ । कीर्तिपुरमा पहिले ब्याटिंग गरेको पाहुना टोलीले निकै आक्रामक खेल्दै ३१० रनकाे विशाल योगफल खडा गर्यो । नेपालले एकदिवसीयमा पाएको यो सबैभन्दा ठूलो लक्ष्य हो । 

साझा पोष्ट
बिहीबार , चैत २ २०७९
  • images
    आसिफको विष्फोटक शतकमा नेपाललाई ३११ रनको विशाल लक्ष्य
    images

    काठमाडौं । आईसीसी आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालका लागि निकै महत्वपूर्ण र निर्णायक खेलमा यूएईले नेपाललाई ३११ विशाल लक्ष्य दिएको छ । कीर्तिपुरमा पहिले ब्याटिंग गरेको पाहुना टोलीले निकै आक्रामक खेल्दै ३१० रनकाे विशाल योगफल खडा गर्यो । नेपालले एकदिवसीयमा पाएको यो सबैभन्दा ठूलो लक्ष्य हो । 


    images
    images

    खास गरी आसिफ खानले निकै विष्फोटक प्रदर्शन गरे । उनले ४१ बलमा शतक बनाए । उनको प्रदर्शनकै कारण यूएईले ३ सय रन पार गर्यो । आसिफले सन्दीपको एकै ओभरमा २५ रन प्रहार गरे । सन्दीपले २६ रन दिँदा उनले २५ रन हानेका हुन । खान १०१ रनमा नटआउट रहे ।आसिफ खानले सबै नेपाली बलरको धुलाई गरे । ४२ बल सामना गरेका उनले ११ छक्का र ४ चौका प्रहार गरे 

     संकटमा टिकेका भृत्य अरविन्द ९४ रनमा सोमपाल कामीको बलमा आउट भए । उनी अन्तिम बलमा  आउट भए । 

    आसिफ खानले नेपालका सबै बलरको लय ध्वस्त पारिदिए । ४३ ओभरमा २०४ रन जोडेको यूएईले उनको आगमनसँगै बाँकी ७ ओभरमा १०६ रन जोड्यो ।  

    शुरुमै निकै आक्रामक  खेलेको यूएई कप्तान मोहम्मद बसिम आउटभएसँगै सुस्त भएको थियो तर पछि उसले पु्रानै लय देखायो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २, सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंशीले समान एक एक विकेट लिए । नेपालले आजको खेल जिते विश्वकप क्वालिफायरमा छनौट हुनेछ । र, यो लक्ष्य पुरा गरे अहिलेसम्मकै ठूलो लक्ष्य पुरा गरेको कीर्तिमान राख्नेछ । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार