शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

गुल्सनले एकै ओभरमा बटुलेको त्यो २० रन जसले नेपाललाई जिम्बाबे पुर्यायो

गुल्सनले एकै ओभरमा बटुलेको त्यो २० रन जसले नेपाललाई जिम्बाबे पुर्यायो

काठमाडौं । जिम्बाबेमा हुने विश्वकप क्वालिफायर खेल्न नेपालले विहीवार आइसिसी  विश्वकप डिभिजन लिग -२ को अन्तिम तथा निर्णायक खेलमा युएईलाई हराउनै पर्ने थियो ।जित बाहेक नेपालसँग कुनै विकल्प थिएन, तर शुरुवात यस्तो रह्यो केही समय जितको कल्पना गर्न सक्ने अवस्था समेत रहेन ।

साझा पोष्ट
बिहीबार , चैत २ २०७९
  • images
    गुल्सनले एकै ओभरमा बटुलेको त्यो २० रन जसले नेपाललाई जिम्बाबे पुर्यायो
    images

    काठमाडौं । जिम्बाबेमा हुने विश्वकप क्वालिफायर खेल्न नेपालले विहीवार आइसिसी  विश्वकप डिभिजन लिग -२ को अन्तिम तथा निर्णायक खेलमा युएईलाई हराउनै पर्ने थियो ।


    images
    images

    जित बाहेक नेपालसँग कुनै विकल्प थिएन, तर शुरुवात यस्तो रह्यो केही समय जितको कल्पना गर्न सक्ने अवस्था समेत रहेन । किनकी एकातिर विशाल पहाड जत्रो लक्ष्य अर्कोतिर सस्तैमा विकेट पतन । तर नेपालले अन्तिममा डकवर्थ लेविस नियमका आधारमा खेल जित्यो र जिम्बाबेको टिकट काट्यो  । र, यो जितका नायक रहे नेपाली अलराउण्डर गुल्सन झा, जसले एउटै ओभरमा हानेको २० रनले यो सम्भव भयो ।

    qualified1678996994.jpg

    अर्धशतक बनाएर खेलिरहेका गुल्सनका साथमा क्रिजमा थिए,दीपेन्द्रसिंह ऐरी । टिकेर खेल्दा नजिता नेपालको पक्षमा आउन सक्थ्यो, तर खराब प्रकाशका कारण अम्पायरले जुनसुकै बेला खेल रोक्न सक्ने अवस्था सिर्जना भैसकेको थियो । त्यो बेला डिएल मेथडबाट निर्णय गर्दा नतिजा नेपालको पक्षमा हुने थिएन । किनकि ४१औं ओभर सकिँदा नेपालको स्कोर २३५–६ थियो, तर डिएलअनुसार जितका लागि २४४ रन चाहिथ्यो । यसरी हेर्दा नेपाल पराजयको निकट थियो । किनकी एकातिर रिक्वायर्ड रनरेट लगातार बढ्दै थियो, अर्कोतिर युएईका बलरले ढिलो  गतिमा बलिङ गरेर दबाब बनाइरहेका थिए। वर्षा भएको वा खराब प्रकाशको कारण खेल पूरा हुन नसके  डिएलएस मेथडबाट युएईले जित्ने सम्भावनानै  बलियो नै थियो। 

    तर ४२औं ओभरमा खेल नेपालको पक्षमा आयो, जहाँ गुल्सन झाले पासा नेपाल तर्फ पल्टाए ।  यूएईका कप्तान महम्मद वसिमले लिएर आएको ४२ औं ओभरमा गुल्सनले २० रन ठोके । अब  डीएलमा जाँदा वा नजाँदाको दुबै परिस्थितिमा खेल नेपालतर्फ ढल्कियो । यो ओभर पछि मात्रै नेपालले डकवर्थ लेविसमा अघि परेको थियो । वसिमले ४२ औं ओभरको पहिलो बल गुलशन झालाई डट राखे । दोस्रो बलमा गुल्सनले दुई रन बटुले ।

    त्यसपछि गुलशनले तेस्रो बलमा छक्का, चौथो, पाँचौं र छैटौं बलमा लगातार चौका प्रहार गर्दै कुल २० रन बटुले । 
    थप २ ओभरपछि अम्पायरले खेल रोके, जतिबेला नेपालको स्कोर ४४ ओभरमा २६९र६ थियो । र, डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार