बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

विश्वकप छनोटमा पुगेका क्रिकेटरलाई सरकारको सम्मान, जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

विश्वकप छनोटमा पुगेका क्रिकेटरलाई सरकारको सम्मान, जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

साझा पोष्ट
शुक्रबार, चैत ३ २०७९
  • images
    विश्वकप छनोटमा पुगेका क्रिकेटरलाई सरकारको सम्मान, जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा
    images

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गरेका छन् । 


    images
    images

    विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका हुन् । खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले भने, 'मलाई अत्यन्त खुसी लागेको छ। हिजो तपाईहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ। देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ। आगामी दिनमा समेत तपाईहरूको प्रर्दशन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु।'

    336704993_2512607325574774_5341301789390086495_n1679026954.jpg

    प्रधानमन्त्रीले विश्वकप छनोटका लागि थप सफलता मिलोस् भन्ने कामना पनि गरेका छन् । 'म तपाईहरूको सुखदुखमा साथमै हुनेछु' प्रधानमन्त्रीले भन, 'यसअघि पनि सरकारले तपाईहरूलाई जनही दुई लाख राशीले पुरस्कृत गरिसकिएको छ। आज म तपाईहरूलाई जनही रू तीन लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु।'

    336781829_763190582076985_7046208054169821714_n1679026974.jpg

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार