Sajha Post
क्रिकेट खेलाडिलाई सम्मान गर्न राष्ट्रपतिले शीतलनिवास बोलाए 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वकप क्वालिफायरमा पुग्न सफल नेपाली क्रिकेट टोलीका खेलाडीलाई शीतलनिवास बोलाएका छन्। 

 दिउँसो साढे दुई बजे  क्रिकेट खेलाडीहरूलाई सम्मान गर्न शीतलनिवास बोलाइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । 

बिहीबार यूएईलाई ९ रनले हराउँदै विश्वकप छनोटमा पुगेको टोलीलाई राष्ट्रपति पौडेलले बधाई तथा शुभकामना दिनका लागि शीतलनिवास बोलाएका हुन्। 

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार बोलाएर सरकारको तर्फबाट जनही ३ लाख दिने घोषणा गरिसकेका छन्। 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update