Sajha Post
क्रिकेट टिमसँग भेटेपछि राष्ट्रपतिको सरकारलाई सुझाव: खेलाडिको मनोबल बढाऊ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको मनोबल बढाउन सरकारलाई सुझाव दिएका छन । विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएको नेपाली टोलीलाई  शीतलनिवासमै बोलाएर बधाई तथा शुभकामना दिँदे राष्ट्रपतिले देशको सान राख्न खेलकुद क्षेत्रमा पूर्वाधार बढाउनुपर्नेमा जोड दिए । 

    राष्ट्रपति पौडेलले नेपाली क्रिकेट टोलीले देशको इज्जत र गौरव बढाएको बताए ।  पूर्वाधारको कमी रहेको परिस्थितिमा पनि क्रिकेट टोलीले ऐतिहासिक सफलता प्राप्त गरेकामा प्रसन्नता व्यक्त गर्दै उनले नेपाली क्रिकेट खेलाडीको प्रदर्शनले  मनभित्रैबाट आनन्द मिलेको उनले बताए । 

    'मैले नेपालले खेलेको बिहीबारको खेल हेरेँ । असाध्यै राम्रो खेल थियो । दर्शकहरू पनि प्रफुल्ल हुनुहुन्थ्यो', उनले भने  'यस्तो ठूलो सफलता प्राप्त गर्नुभएको छ, यो ठूलो कुरा हो । खेललाई राज्यले उपेक्षित क्षेत्रमा राख्नु हुँदैन ।' 

    समारोहमा नेपाल क्रिकेट सङ्घ ९क्यान० का अध्यक्ष चतुरबहादुर चन्दले प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान खेलाडीलाई पुरस्कृत गरेको प्रसङ्ग उल्लेख गर्नुहुँदै यसबाट नेपाली क्रिकेट टोलीको मनोबल थप बढेको बताए । 

   'प्रधानमन्त्रीज्यूले क्रिकेट खेल र खलाडीको स्तर वृद्धिका लागि सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको छ', उनले भने ।  खेलाडीको मेहनत मात्र सबैथोक नभएको जिकिर गर्दै अध्यक्ष चन्दले पर्याप्त सहयोगका लागि पहल गरिदिन राष्ट्रपति पौडेलसमक्ष आग्रह गरे ।आगामी दिनमा टेष्ट मान्यताप्राप्त देशसित खेल्दा नेपालको क्रिकेटको स्तर बढ्ने चन्दले बताए । -रासस

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  २२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update