च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा रियल र चेल्सी तथा म्यानसिटी र बायर्न भीड्ने

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल 'ड्र' सार्वजनिक भएको छ ।
यूईएफएले शुक्रबार क्वाटरफाइनल 'ड्र'सार्वजनिक गरेको हो ।सार्वजनिक 'ड्र' अनुसार साविक विजेता रियल मड्रिडले क्वाटरफाइनलमा चेल्सीको सामना गर्नेछ ।
यस्तै म्यानचेस्टर सिटीले बायर्न म्युनिखसँग खेल्नेछ ।इन्टर मिलानले बेन्फिकासँग खेल्दा एसी मिलानले नापोलीलाई प्रतिद्वन्द्वी पाएको छ । क्वाटरफाइनल खेलहरु होम एण्ड अवेका आधारमा दुई लेगमा हुनेछन ।क्वाटरफाइनलको पहिलो लेग अप्रिल ११ र १२ मा हुनेछ ।दोस्रो लेग १८ र १९ अप्रिलमा हुनेछ।
प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९ २२:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय