
काठमाडौं । इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
युक्रेन युद्धमा बालबालिकाहरुको हत्या भएको भन्दै पुटिनलाई पक्राउको आदेश दिएको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन । हेगको अदालतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद सदस्य देशको प्रमुख विरुद्ध दिएको यो स्तरको यो प्रथम आदेश हो।
रुसले २४ फेब्रुअरी २०२२ देखि युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । यद्यपि उसले आक्रमणका क्रममा युद्ध अपराध गरेको आरोप अस्वीकार गर्दै आएको छ ।
फैसलालाई रुसले “अर्थहीन” भनेको तर युक्रेनले “ऐतिहासिक” भनेको अलजजिराले जनाएको छ । ।पक्राउ पुर्जीबारे टिप्पणी गर्दै रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जखारोवाले भनेकी छन्, ‘इन्टरनेशनल क्रिमिनल कोर्टको फैसला हाम्रो देशका लागि कानुनी रुपमा कुनै अर्थ छैन । ’