बिहीबार , वैशाख ६ गते २०८१
Logo
बिहीबार , वैशाख ६ गते २०८१

जनयुद्धमा मारिएकालाई सहिदको मान्यता, ८ हजार ३७१ सहिदको नाम राजपत्रमा प्रकाशित

जनयुद्धमा मारिएकालाई सहिदको मान्यता, ८ हजार ३७१ सहिदको नाम राजपत्रमा प्रकाशित

साझा पोष्ट
शनिबार, चैत ४ २०७९
  • images
    जनयुद्धमा मारिएकालाई सहिदको मान्यता, ८ हजार ३७१ सहिदको नाम राजपत्रमा प्रकाशित
    images

    काठमाडौं । सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ। नेपाल सरकारको मन्त्रिपरिषद बैठकले निर्णयअनुसार सहिदहरुको नाम राजपत्रमा प्रकाशित गरिएको हो । 


    images
    images

    गत फागुन १५ गते बसेको मन्त्रिपरिषद बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो।

    मन्त्रिपरिषदको निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो। ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको छ।

    जनयुद्धका सहिदहरूले राष्ट्रिय सहिदको मान्यता पाउनुपर्ने माग बारम्बार उठ्दै आएको भएपनि उनीहरूले राष्ट्रिय सहिदको मान्यता पाउन सकेका थिएनन्।  यससँगै जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकहरूले राष्ट्रिय सहिदको मान्यता पाएका छन्। 

    राष्ट्रिय सहिदका परिवारहरूले यसअघि सहिद घोषणा भई राज्यबाट परिपूरण र सम्मानस्वरूप प्राप्त गरेको सुविधाअनुरूप नै क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार