Sajha Post
 ‘छक्का पञ्जा ४’ अष्ट्रेलियामा पनि हाउसफुल 

काठमाडौं । दीपकराज गिरीसहित दीपाश्री निरौला र केदार घिमिरे समूहको चलचित्र ‘छक्का पञ्जा ४’ अष्ट्रेलियामा धमाका मच्चाएको छ । 

अष्ट्रेलियाको सिड्नीमा मात्र दश शो गरिसकेको यो चलचित्र  अन्य राज्यमा थप २० शो हाउसफुल चलेको छ। 

सिड्नीको बैंकसटाउनस्थित होय्टस सिनेमामा हाउसफुल १० शो सकेपछि यसका बितरक थप उत्साहित भएका छन् ।  
‘सिड्नीमा हामीले कुल २० शो हाउसफुल हुने अनुमान गरेका छौ’, छक्का पन्जाका अस्ट्रेलियाका बितरक सायन इन्टरटेन्टमेन्टका गोविन्द भण्डारीले  भने।
दर्शकको माग र चाहना बढेपछि अब बरउडको इभेन्ट्स सिनेमामा आगामी शुक्रबार,शनिबार र आइतबार शो थपेको उनले जानकारी दिए।

हेमराज बिसीले निर्देशन गरेको यो चलचित्र राजनीतिलाई पृष्ठभूमि बनाएर तयार पारिएको छ। 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update