Sajha Post
गोधुली साँझमा काठमाडौं उपत्यकाको मनमोहक  दृश्य (फोटो फिचर)

काठमाडौं । भिडभाड, भाग दौड अनि व्यस्त जिन्दगी, यो काठमाडौँको दिनचर्याको छोटो परिभाषा हो । आरामका लागि फुर्सद निकाल्ने कुरा राजधानीवासीका लागि दुर्लभ छ । जहिल्यै र जताततै कामै कामको चाप । त्यसैले होला एक सहरियाले अर्कोलाई चिन्दैन र वास्ता गर्दैन । तर यही व्यस्त सहरमा समय निकाल्ने हो भने मस्त हुन सकिन्छ । 

 

 

 

साँझपख कौसीमा टहलिने मात्र हो भने पनि गोधुली साँझको भरपुर मज्जा टाढा गइरहनु पर्दैन । भरियाको दिनभरको थकान मेटाउने बेला, सबै पेसा व्यवसायीको विश्राम लिने बेला, बालबालिकाहरु खेल्दै र रमाउँदै गल्लीहरूमा हँसिलो अनुहार देखिने बेला, मठमन्दिरमा आरती, पूजापाठ र दियोको उज्यालो र गोधुली साँझको मज्जा भरपुर लिन सकिन्छ । यो बेला केही समय निकालेर टहलिने हो भने छुट्टै आनन्द हुन्छ । 

जब दिन ढल्दै जान्छ, राजधानीको आकाश पनि रङ्गिन बन्छन् । नीलो आकाशमा रातो अनि पहेँलो रङ भरिन्छ । चराचुरुङ्गीका मधुर आवाज पनि कहीँ कतै सुन्न सकिन्छ, सडक छेउका बस्तीबाहेक । हिजोआज सूर्यास्तसँगै राजधानीका गोधुली साँझ रङ्गिन देखिन्छन् । दिउँसोको उज्यालो त सबैले हेर्छन् तर साँझको गोधुली उज्यालोमा पनि काठमाडौँ उपत्यका त्यत्तिकै सुन्दर र रोचक छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका यी तस्बिरहरू । 

evening kathmandu DSC_3323 (1)16791122141679112580.jpg

evening kathmandu DSC_3323 (3)16791122151679112608.jpg

evening kathmandu DSC_3323 (4)16791122151679112627.jpg

evening kathmandu DSC_3323 (5)16791122151679112645.jpg

evening kathmandu DSC_3323 (7)16791122161679112715.jpg

evening kathmandu DSC_3323 (8)16791122161679112747.jpg

evening kathmandu DSC_3323 (9)16791122161679112766.jpg

evening kathmandu DSC_3323 (10)16791122171679112786.jpg

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update