सुर्खेत उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि काठमाडौं फर्काईयो

काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि पुन: काठमाडौं नै फर्काइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आज बिहानको यो घटनापछि जहाज ग्राउन्डेड गरिएको छ । इन्डिकेटरले समस्या देखाएपछि विमान काठमाडौं नै फर्काएर अवतरण गरिएको हो ।
यो जहाज उड्नुपुर्व चेक जाँच गरेका इन्जिनियरलाई समेत काममा रोक लगाइएको छ । अब प्राधिकरणको प्राविधिक टोलीको जाँचपछि मात्र जहाज उड्न सक्ने छ ।
विमान काठमाडौंबाट १५ नटिकल माइल उडेर काठमाडौं फिर्ता भएको हो ।विमानमा ६२ जना यात्रु सवार थिए । उनीहरुलाई अर्को जहाजबाट गन्तव्य मा पुर्याउने तयारी भैरहेको छ । ।
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९ १०:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय