शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

नयाँ–नयाँ प्रयोग नेपालले थाम्न सक्दैन, स्थायित्व दिनुपर्छ :राष्ट्रपति पौडेल

नयाँ–नयाँ प्रयोग नेपालले थाम्न सक्दैन, स्थायित्व दिनुपर्छ :राष्ट्रपति पौडेल

'संक्रमणकालीन न्याय व्यवस्थापनमा राष्ट्रिय सहमति आवश्यक'

साझा पोष्ट
शनिबार, चैत ४ २०७९
  • images
    नयाँ–नयाँ प्रयोग नेपालले थाम्न सक्दैन, स्थायित्व दिनुपर्छ :राष्ट्रपति पौडेल
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अब नयाँ नयाँ प्रयोग मुलुकले थाम्न नसक्ने बताएका छ । शीतलनिवासमा सांसदहरुका लागि आयोजित चियापान समारोहमा सांसदहरुलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको स्थायित्वमा ध्यान दिनुपर्नेमा जोड दिए । 
    ‘यो संविधानले नेपालका तमाम जनतालाई असीम अधिकार प्रदान गरेको छ ।  यसलाई जगेर्ना  गर्दै राष्ट्रलाई स्थायित्व दिनु हामी  सबैको परम कर्तव्य हो किनभने पटकपटकका नयाँ नयाँ प्रयोग नेपालले थाम्न पनि सहज नहोला ।’ उनले भने । 


    images
    images

    राष्ट्रपति पौडेलले संविधान र कानून अनुसार शासन चलाउनुपर्ने भन्दै त्यसो नगरे व्यक्ति मात्रै नभईर संस्थाप्रति समेत नागरिकको आस्था र विश्वास गुम्दै जाने तर्फ पनि सचेत गराए ।  लोकतान्त्रिक संस्थाप्रति नागरिकको विश्वास धर्मराएर व्यवस्थाप्रति वितृष्ण जाग्ने पनि उनले बताए । 

    president chiyapan 11679117019.jpg

    ‘निर्वाचित जनप्रतिनिधिले संविधान र कानुनको मर्म र भावनालाई अंगिकार नगरी शासन सञ्चालन गर्दा व्यक्ति मात्र नभएर संस्थाप्रति समेत नागरिकका आस्था र विश्वास गुम्दै जाने कुरामा तपाईं हामी सबै  सचेत हुनुपर्छ ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुको उपस्थितिमा  पौडेलले भने, लोकतान्त्रिक शासन व्यवस्थामा लोकतान्त्रिक संस्थाहरु बलिया र  कानुनसम्मत भएनन् भने त्यस्ता  संस्थाप्रति नागरिकका विश्वास धर्मराउने र व्यवस्थाप्रति वितृष्णा जाग्न सक्ने हुनाले यसतर्फ हामी सजग रहन जरुरी छ भन्नेमा म दृढ  छु । ’
    राष्ट्रपति पौडेलले   नेपाली जनताले अपेक्षा गरेको  व्यवहार र कार्यशैलीप्रति सदैव सचेत  रहेको र भविष्यमा पनि रहने उनले प्रतिवद्धता जनाए । 

    राष्ट्रपति पौडेलले संक्रमणकालीन न्यायको व्यवस्थापनमा राष्ट्रिय सहमति र एकता आवश्यक रहेको बताए । 'संक्रमणकालीन न्यायको व्यवस्थापन, आर्थिक क्षेत्रमा देखिन थालेका असर एवम् जलवायु परिवर्तनले देखापर्न थालेका असरहरुको न्यूनिकरण तथा  राजनैतिक उपलब्धिहरुको रक्षा जस्ता विषयमा राष्ट्रिय सहमति र राष्ट्रिय एकताको आवश्यकता  मैले देखेको छु ।' उनले भने । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार