Sajha Post
न्यायाधीशहरुको कमीले अपेक्षित न्याय सम्पादनको काम हुन सकेन : कामु प्रधानन्यायधीश कार्की

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीशहरुको कमीले अपेक्षित न्याय सम्पादनको काम हुन नसकेको स्पष्ट पार्नुभएको छ । 

शुक्रवार ललितपुरमा आयोजित ‘अभिवक्ताको ३०औं परिक्षामा उत्तीर्ण भएका कानून व्यवसायीहरुको लागि सञ्चालित पूर्वव्यवसायिक आधारभुत तालिम उद्घाटन समारोह’मा बोल्दै उनले यस्तो बताएका हुन् । न्यायालय सुधारको काममा लागि परेपनि न्यायाधीशको संख्या कमी भएका कारण कामले गति लिन नसकेको कार्कीको भनाई थियो । 

उनले मुद्दा बढ्ने तर न्यायाधीशको संख्या कमी हुने स्थितिबाट अदालत गुज्रनु परेपनि आफूहले न्यायमा ढिलाई हुन नदिने र न्यायको गुणस्तर मर्न नदिने कुरामा सचेत रहेर काम गरिरहेको कामु प्रधानन्यायाधीश कार्कोले दाबी गरे । कार्कीले न्यायालयको सुधार र निष्पक्ष एवं  गुणस्तरीय न्याय प्रदान गर्ने कुरामा रचनात्मक र सकारात्मक सहयोग गर्न कानून व्यवसायीहरुलाई पनि आग्रह गरे । 

कायममुकायम प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतलाई अटोमेशन सिष्टममा लैजान खोजेपनि श्रोत, साधनको अभावका कारण त्यो कामलाई अघि बढाउन नसकिएको बताए । 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update