मंगलबार, वैशाख ११ गते २०८१
Logo
मंगलबार, वैशाख ११ गते २०८१

कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी

कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी

साझा पोष्ट
शनिबार, चैत ४ २०७९
  • images
    कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी
    images

    विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । कोशी प्रदेश नामकरणको विरोधमा दैनिक प्रदर्शन हुन थालेपछि जिल्ला प्रशासन कार्यालय, मोरङले सूचना निकालेर भोलि बिहान ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।


    images
    images

    प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जारी गरेको सूचनामा सुरक्षा जोखिमलाई ध्यानमा राखेर निषेधाज्ञा लागू गरिएको उल्लेख छ । गएको फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले प्रदेश १ को नाम कोशी नामकरण गरेको थियो । त्यसपछि कोशी नामकरणमा असहमति जनाउने विभिन्न समूह तथा पक्षले धर्ना, जुलुस प्रदर्शन गर्दै आएका छन् ।

    विशेषगरी प्रदेश १ को नाम किराँत हुनुपर्ने माग गर्दै आएकाहरुले दैनिक प्रदर्शन गरिरहेका छन् । सूचनामा चैत ५ गते बिहान ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि तोकिएको क्षेत्रमा सर्वसाधारण तथा गाडी आवत जावतबाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली जस्ता कार्यहरू गर्न निषेध गरिएको उल्लेख छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार