Sajha Post
तामझामविना राष्ट्रपति पौडेलको सवारी, सर्वसाधारणले पत्याउन पनि सकेनन् (तस्बिरसहित)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरेका छन्। शनिबार वसन्तपुरस्थित कुमारी घर पुगेका राष्ट्रपति पौडेलले कुमारीको दर्शन गरी प्रसाद ग्रहण गरेका हुन् । 

राष्ट्रपतिलाई कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलगायतले कुमारी घरमा स्वागत गरेका थिए।

Rastrapati_RC.jpg11679141983.jpg

राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गरेका हुन्। राष्ट्रपति पौडेल काठमाडौंको मुटुमा रहेको वसन्तपुरको कुमारी घरमा पुग्दा पहिलेजस्तै कुनै तामझाम थिएन । 

Rastrapati_RC61679142003.jpg

अगुवा र पछुवा गाडी लिएर राष्ट्रपति पौडेल वसन्तपुर पुग्दा धेरै सर्वसाधारणले त उनी आएको पत्तो समेत पाएनन् । अन्य भने राष्ट्रपति त्यसरी आएको भनेर पत्याउन सकिरहेका थिएनन् ।

Rastrapati_RC31679142024.jpg

यसअघि राष्ट्रपतिको सवारीमा सर्वसाधारणले धेरै दुःख पाउने गरेका थिए । राष्ट्रपतिका लागि सडक खाली गराउँदा जनताले लामो जामको सास्ती खेप्नुपर्थ्यो । गणतन्त्र आए पनि राष्ट्रपतिको राजसी शैली चौतर्फी आलोचना हुन्थ्यो । त्यही भएर पौडेलले राष्ट्रपति हुनुअघि नै आफूले त्यो परम्परा तोड्ने वाचा गरेका थिए । आज उनले सो वाचा पूरा गरेर पनि देखाए ।

Rastrapati_RC.jpg31679142044.jpg

Rastrapati_RC.jpg21679142072.jpg

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update