Sajha Post
कोशी प्रदेशको राजधानी विराटनगरमा बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा
machhapuchhre bank

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा आज बिहानदेखि जिल्लाका केही स्थानमा निषेधाज्ञा लगाएको छ । कोशी प्रदेश नामकरणपछि असन्तुष्टि जनाउँदै आएको जातीय र सांस्कृतिक पहिचान पक्षधरहरुले आज वृहत प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालयले सम्भावित क्षति हुन सक्ने भन्दै आज निषेधाज्ञा जारी गरेको हो । 

बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्य गर्न नपाइने  प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जारी गरेको सुचनामा उल्लेख गरेका छन् । 
 
निषेध गरिएको क्षेत्रमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र रहेका छन् । 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update