उपराष्ट्रपति यादवले भोलि शपथ लिने

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको हो । यादव यही चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए।
निर्वाचनमा यादवले ३० हजार ३२८ मतभार प्राप्त गरेका थिए । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ४ मा सकिएको छ ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९ १३:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय