Sajha Post
घनश्याम नेकपा एसको महासचिवमा मनोनित, बेदुराम उपाध्यक्षमा बढुवा

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले घनश्याम भूसाललाई पार्टी महासचिवमा मनोनीत गरेको छ ।

आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले भूसाललाई महासचिव मनोनीत गरेको हो । हालसम्म महासचिव रहेका बेदुराम भूसाललाई भने उपाध्यक्ष बनाइएको छ । 

नेकपा एमालेका उपमहासचिव रहेका भुसाल मंसिर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचन अघि एमालेमै थिए । उनले एमाले परित्याग गरेर चुनाव लडेपनि पराजित भएका थिए । उनी गत  पुस २९ गते एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । नेकपा एसले उनलाई सचिवालय सदस्य बनाएको थियो । 

यस्तै उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update