Sajha Post
भरतपुरको गौतम बुद्ध रंगशाला स्वामित्वमा लिएर अघि बढाउन सरकारसँग एमालेको माग

काठमाडौं । नेकपा एमालेले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले आफ्नो स्वामित्वमा लिएर तत्काल बनाउन माग गरेको छ । 

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै एमाले सांसद रघुजी पन्तले धुर्मुस सुन्तलीले सुरु गरेको निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई स्वामित्वमा लिएर सरकारले बनाउनुपर्ने माग गरेका हुन् । सांसद पन्तले नेपाली क्रिकेट टोलीले जित्दा बधाई दिएर दुई चार लाख रुपैयाँ पुरस्कार घोषणा गरेर मात्रै नहुने बताए । 

सांसद पन्तले त्रिवि क्रिकेट रंगशालालाई विस्तार गर्न पनि माग गरे । उनले मूलपानीको रंगशाला पनि बनाउन सरकारको ध्यानाकर्षण गराए । उनले खेलाडीहरूसँग अपेक्षा गर्ने र जितेका बेला एक दुई लाख रुपैयाँ पुरस्कार दिएर अरु बेला सरकार कानमा तेल हालेर बस्न नहुने बताए ।
 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update