अनर एक्स फाइभ नेपाली बजारमा, मूल्य १२ हजार रुपैयाँ

काठमाडौं । नेपाली बजारमा चिनियाँ ब्रान्ड अनरको नयाँ स्मार्टफोन अनर एक्स फाइभ मोडेलको स्मार्टफोन आएको छ ।
नेपालको आधिकारिक राष्ट्रिय वितरक सेलट्रोन नेपाल प्रा.लि.ले फोन सार्वजनिक गरेको हो । ६.५ इन्चको टीएफटी एलसीडी डिस्प्ले रहेको फोन एन्ड्रोइड १२ (गो एडिसन) मा चल्छ ।
फोनमा २ जीबी र्याम र ३२ जीबी इन्टर्नल स्टोरेज दिइएको छ । मिडिया टेक हेलियो जी २५ प्रोसेसरबाट सञ्चालित फोनमा ८ मेगापिक्सेलको मुख्य क्यामेरा र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ । त्यस्तै ५००० एमएएच क्षमताको ब्याट्री छ । नेपालमा यो फोनको मूल्य ११ हजार ९९० रुपैयाँमा तोकिएको छ ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९ १५:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय