Sajha Post
कोशी प्रदेश नाम खारेज गर्नु पर्ने माग गर्दै विराटनगरमा निषेधाज्ञा तोडेर प्रदर्शन, प्रहरीद्वारा हवाई फायर

विराटनगर । प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने माग राख्दै विराटनगरमा भएको प्रदर्शनमा हवाई फायर भएको छ । प्रदर्शनकारीहरु स्थानीय प्रशासनले घोषणा गरेको निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले हवाई फायर गरेको हो । 

त्यसको विरुद्धमा आक्रोशित भएका प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दहन गर्दै चर्को नाराबाजी गरेका छन् । उनीहरुले एमाले विरुद्धमा पनि नाराबाजी गरेका छन् । प्रदर्शन गर्ने चार जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शनकारीको अर्को टोलीले प्रदेशसभा अगाडि पनि प्रदर्शन गरिरहेको छ । प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेको छ । त्यसयता पहिचानको आधारमा पुन नामकरण हुनुपर्ने भन्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गरिरहेका छन् । प्रदेशको नामांकनको विरोधमा असन्तुष्ट पक्षले आन्दोलन घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले आज विहानदेखि अनिश्चितकालका लागि विराटनगरका पाँच ठाउँमा निषेधाज्ञा जारी गरेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update