Sajha Post
भोलिको संसद बैठकबाट सत प्रतिशत विश्वासको मत पाउने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सबै दलको समर्थनमा विश्वासको मत पाउने बताएका छन् । 

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई सक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले आफूले सत प्रतिशत सांसदको विश्वासको मत पाउने बताएका हुन् । 

यसअघि आफूले विश्वासको मतमा ९९ दशमलव  २५ प्रतिशत आशा गरेपनि अहिले सत प्रतिशत सांसदको विश्वासको मत पाउने अवस्था बनेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले भोलि प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । सत्ता 

गठबन्धनमा रहेका १० दल र राष्ट्रिय सवतन्त्र पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताइसकेका छन् भने नेकपा एमाले र राप्रपाले यसअघि दिएको विश्वासको मत फिर्ता लिएका थिए ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update