
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेल उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन बुझाएको छ ।
राष्ट्रपति भवन शितल निवासमा एक समारोहका बीच आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएका हुन ।
त्यसअवसरमा राष्ट्रपति पौडेलले स्थानीय तहदेखि राष्ट्रपति\उपराष्ट्रपतिको निर्वाचन सम्पन्न हुँदा लोकतान्त्रिक अभ्यास परिपक्क बन्दै गएको बताए । साथै सबै निर्वाचन निर्वाध, निष्पक्ष र शान्तिपूर्णरुपमा सम्पन्न गरेकोमा आयोग र सरोकारवाला निकाय सबैलाई धन्यवाद समेत दिए ।
प्रमुख आयुक्त थपलियाले यो वर्ष आयोगका लागि निर्वाचन वर्ष भएको चर्चा गर्दै उपराष्ट्रपति निर्वाचनका बारेमा विस्तृत जानकारी गराए । आयुक्तहरु रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर, सगुनशम्सेर जबरा तथा आयोगका सचिव गोकर्णमणि दुवाडीको पनि सहभागिता थियो । चैत ३ गते उपराष्ट्रपति निर्वाचन भएको थियो । जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन ।