बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

प्रधानमन्त्रीले बैंक, लघुवित्त र सहकारीको बृहत् समीक्षा बैठक बोलाउने

प्रधानमन्त्रीले बैंक, लघुवित्त र सहकारीको बृहत् समीक्षा बैठक बोलाउने

साझा पोष्ट
आइतबार, चैत ५ २०७९
  • images
    प्रधानमन्त्रीले बैंक, लघुवित्त र सहकारीको बृहत् समीक्षा बैठक बोलाउने
    images

    काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याको समाधानका लागि बृहत् समीक्षा बैठक बोलाउने भएका छन् ।


    images
    images

    आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले बैंक तथा वित्तीय संस्थाप्रति बढेको आक्रोश र जनगुनासोलाई समेत प्याकेजमा सम्बोधन गर्न बृहत् समीक्षा बैठक बोलाउने जानकारी दिएका हुन । 

    ‘कुनै समयमा लघुवित्तले निकै राम्रो काम गरेका थिए । मुख्यतः ग्रामीण वस्तीमा सहज र सरल कर्जा प्रवाह भएको थियो तर, अहिले जनताले लघुवित्तप्रति कैयौं प्रश्नहरू उठाएका छन्’  प्रधानमन्त्री प्रचण्डले भने ‘सहकारीहरूमा पनि समस्या देखिएका छन्, यिनीहरूको बृहत् समीक्षा गरी आगामी नीति तर्जुमा गर्न जरूरी छ ।’

    बैंक तथा वित्तीय संस्थाहरूको कार्यप्रति समीक्षा आवश्यक रहेको र त्यसबाट समस्या पहिचान गरी समाधान गर्ने उनले बताए । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी बोर्डले नियमित अनुगमन र सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार