बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

ग्लोबल आईएमई बैंकका ग्राहकलाई १ रुपैयाँमै मोबाइल जित्ने मौका

ग्लोबल आईएमई बैंकका ग्राहकलाई १ रुपैयाँमै मोबाइल जित्ने मौका

साझा पोष्ट
आइतबार, चैत ५ २०७९
  • images
    ग्लोबल आईएमई बैंकका ग्राहकलाई १ रुपैयाँमै मोबाइल जित्ने मौका
    images

    काठमाण्डौ  । ग्लोबल आईएमई बैंक लिमिटेडले दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ०४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ । 


    images
    images

    यस योजनाअन्तर्गत बैंकका ग्राहकले भिजा डेबिटरक्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी गरी मात्र १ रुपैँया खर्च गरेर सामसुङ ग्यालेक्सी एम ०४ मोबाइल फोन जित्न सक्नेछन् । बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना चैत ५ देखि ११ गतेसम्म ७ दिनका लागि मान्य रहनेछ । 

    योजनाको अन्त्यमा बैंकको डेबिटरक्रेडिट कार्डद्वारा दराजमा अनलाइनमार्फत १ रुपैयाँ भुक्तानी गर्ने र मोबाइल फोन खरिद गर्न चाहने कुल सहभागीमध्ये १ जना भाग्यशाली विजेता छनोट गरिनेछ । छनोट भएका भाग्यशाली विजेताले १ रुपैयाँमै सामसुङ ग्यालेक्सी एम ०४ मोबाइल फोन बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरू ल्याएर प्रत्यक्षरूपमा लाभान्वित गर्दै आएको छ । 

    ग्लोबल आईएमई बैंक देशका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । देशको लगभग सबै वित्तीय सूचकाङ्कहरूमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटीएम, ३२१ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्शन तथा राजस्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिईरहेको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार