बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

प्रचण्डले राजनीतिमा विचित्रको लिला देखाए : मोहन वैद्य

प्रचण्डले राजनीतिमा विचित्रको लिला देखाए : मोहन वैद्य

साझा पोष्ट
आइतबार, चैत ५ २०७९
  • images
    प्रचण्डले राजनीतिमा विचित्रको लिला देखाए : मोहन वैद्य
    images

    काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको विश्वास गुमाइसकेको  टिप्पणी गरेका छन । इच्छुक सांस्कृतिक प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा वैद्यले राजनीतिमा विचित्रको ‘लिला’ देखाउन थालेकाले प्रचण्डलाई  नेपाली जनताले अब विश्वास गर्ने ठाउँ नरहेको बताए । 


    images
    images

    महासचिव वैद्यले ओलीलाई 'खत्तम पार्छु भनेर लाग्ने, फेरि ओलीको शरणमा परेर सरकार बनाउने तर टिकाउन नसकेर प्रचण्डले जनतामा केही हुन्छ कि भन्ने विश्वासलाई पनि ध्वस्त पारिदिएको' आरोप लगाए । 'चुनावमा जाने बेलामा गठबन्धन बनाए । प्रतिगमनका विरुद्ध जाने हो ,संविधानको रक्षा गर्ने हो, ओलीले खत्तम पारे भनेर कांग्रेस–माओवादी केन्द्रहरु एकदम कुर्लिएर गए । जसका विरुद्ध गएका थिए, त्यसैसँग शरण परेर सरकार बनाउने ल हेर्नुस् । यहाँ भन्दा विचित्र के हुन्छ ?, उनले भने,'त्यो सरकार त टिकाउनुपर्ने हो नि एमालेसँग बसेर । टिकाउन नसकेर फेरि कांग्रेसतिर । राजनीतिक विचित्रता भन्ने कि के भन्ने यो । राजनीतिमा लिला भइसक्यो भन्नुस् । यस्तो चालले अब चल्नेवाला छैन । जनताले विश्वास पनि अब गर्नेवाला छैनन् ।’

    उनले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायतका सत्ता र त्यसका अवयवहरु ‘मरेको लाश’जस्तै अवस्थामा पुगेको टिप्पणी गरे ।

    ‘यो सत्ता र यसका अवयवहरुलाई पूरै फ्याँक्नु पर्छ । कार्यपालिका पनि असफल, न्यायपालिका पनि असफल, व्यवस्थापिका पनि असफल भएको देख्यौं नि हामीले । कांग्रेस त असफल नै हो ।' उनले भने,' पुरानो सत्ता र व्यवस्थालाई चलाउन भनेर कम्युनिष्ट आन्दोलनको नेताहरु भनौं कि गद्दारहरु भनौं । थाम्न भनेर गए । त्यो पुरानो व्यवस्थालाई काँध थाप्न थाले । काँध थापेर के गर्ने त्यो गनाएर बसेको लास जस्तैलाई रु सक्ने अवस्थामा छैन अब त्यो काँध थापेर । यो व्यवस्था सिद्धिएर जाने प्रक्रियामा छ ।'

    महासचिव वैद्यले वर्तमान राज्यसत्ता संचालनका लागि कांग्रेस असफल भइसकेको र कम्युनिष्ट नेताहरुलाई पनि जनताले विश्वास गर्ने अवस्था नरहेकाले नयाँ राज्य व्यवस्था स्थापना गर्ने बलियो आधार बन्दै गएको बताए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार