Sajha Post
त्रिवि केन्द्रीय क्याम्पसमा कीर्तिपुरको सभापतिमा नेविसंघका श्याम ओझा  निर्वाचित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार श्यामराज ओझा निर्वाचित भएका छन् । 

 

 

 

निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टलाई पराजित गरी ओझा सभापतिमा विजयी भएका हुन् । ओझाले ९६२ मत पाउँदा विष्टले ७३१ मत पाए । ओझाले २२५ मतान्तरले विष्टलाई पराजित गरेका छन् ।

केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी संघले १५ वर्षपछि विरासत फर्काएको हो । विद्युतीय भोटिङ मेसिनबाट मतदान भएको क्याम्पसम १३ वटा भोटिङ मेसिन प्रयोग भएको थियो । नेविसंघबाट ३ जना बागी भए पनि अन्तिम समयमा फिर्ता गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update