शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा ३३ वर्षपछि अखिल क्रान्तिकारीको जित

नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा ३३ वर्षपछि अखिल क्रान्तिकारीको जित

साझा पोष्ट
सोमबार, चैत ६ २०७९
  • images
    नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा ३३ वर्षपछि अखिल क्रान्तिकारीको जित
    images

    काठमाडौं । नेपाल ल क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको सभापतिमा नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विष्णु ढुंगेल निर्वाचित भएका छन्।


    images
    images

    ढुंगेलले ५२ मतले अनेरास्ववियुका कैलाश तामाङलाई पराजित गरेका हुन्। अखिल क्रान्तिकारीले ल क्याम्पसको स्ववियुमा ३३ वर्षपछि जित निकालेको हो।

    ढुंगेलले ५९१ मत प्राप्त गर्दा तामाङलाई ५३९ मत प्राप्त गरे यस्तै सचिवमा नेविसंघका मनोज सिंह (६०१) र कोषाध्यक्षमा अनेरास्ववियुका सन्ज्योति नेम्वाङ (४२३) निर्वाचित भएका छन्।

    ७ सदस्यमध्ये ५ सदस्य अनेरास्ववियुले जितेको छ। अनेरास्ववियुका समिर  रिजाल, प्रियंका साउद, प्रज्ञा ज्ञवाली, शिरिष पौडेल र आशुतोष कुमार गुप्ता सदस्यमा निर्वाचित भएका छन्। यस्तै नेविसंघबाट अमृत ढकाल र सपना गौतम सदस्यमा विजयी भएका छन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार