शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाल आज भारतसँग खेल्दै

साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाल आज भारतसँग खेल्दै

काठमाडौं । बंगलादेशमा आजदेखि सुरु हुने साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाललले भारतसँग पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछ । नेपाल र भारतबीचको खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।

साझा पोष्ट
सोमबार, चैत ६ २०७९
  • images
    साफ यू-१७ महिला च्याम्पियनसिपमा  नेपाल आज भारतसँग खेल्दै
    images

    काठमाडौं । बंगलादेशमा आजदेखि सुरु हुने साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाललले भारतसँग पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछ ।


    images
    images

    नेपाल र भारतबीचको खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।
    यसअघि यू-१५ च्याम्पियनसिपको विजेता रहेको नेपाल भारतलाई हराएर सुखद सुरुआत गर्ने योजनामा छ ।आजै आयोजक बंगलादेश र भुटानबीच दोस्रो खेल हुनेछ ।च्याम्पियनसिपमा बंगलादेश, नेपाल, भारत, भुटान र रुस गरी पाँच टिमको सहभागिता छ ।

    सिंगल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।च्याम्पियनसिपमा यसपटक युरोपियन टिम रुस पनि सहभागी छ । त्यसैले यसपटक नेपाललाई उपाधि रक्षा गर्न थप चुनौती भने पक्कै छ ।

    यसअघि नोभेम्बरमा भएको साफ यू-१५ मा नेपाल बंगलादेश र भुटान मात्र सहभागि थियो । जसमा डबल राउण्ड रोविन लिगका आधारमा खेल भएको थियो र नेपाल धेरै अंक जोड्दै च्याम्पियन बनेको थियो । त्यसबेला नेपालले बंगलादेशलाई एक खेलमा हराएको थियो भने एक खेल बराबरी खेलेको थियो ।नोभेम्बरमा साफ यू(१५ महिला च्याम्पियन जित्दाका १७ खेलाडी अहिले पनि टिममा छन् ।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार