बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

पाल्ही बहुमुखी क्याम्पसमा जनमत पार्टीकाे विद्यार्थी संगठन विजयी 

पाल्ही बहुमुखी क्याम्पसमा जनमत पार्टीकाे विद्यार्थी संगठन विजयी 

साझा पोष्ट
सोमबार, चैत ६ २०७९
  • images
    पाल्ही बहुमुखी क्याम्पसमा जनमत पार्टीकाे विद्यार्थी संगठन विजयी 
    images

    बुटवल । पश्चिम नवलपरासीको पाल्ही बहुमुखी क्याम्पसमा जनमत पार्टी निकट विद्यार्थी संगठन विजयी भएको छ ।


    images
    images

    स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वका लागि भएको चुनावमा ठूला दल निकट विद्यार्थी संगठनलाई हराउँदै प्रत्यक्षतर्फ जनमत विद्यार्थी संघले प्यानलै जितेको हो ।

    स्ववियु सभापतिमा जनमत विद्यार्थी संघका वृजनन्दन कुर्मी २८ मतान्तरले विजयी भएका छन् । कुर्मीले १२८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी अनेरास्ववियुसहितको संयुक्त प्यानलका कृष्ण पटेलले १०० मत पाए । नेविसंघका सुनिल कुमार गौडले ९८ मत पाएका छन् ।पाल्ही क्याम्पसमा कुल ३२९ मत खसेको थियो । 

    सचिवमा पनि जनमत विद्यार्थी संघका प्रेम सागर यादव १४५ मत ल्याएर विजयी भए । सचिवमा नेविसंघका शिवप्रसाद हजामले ९६ र अनेरास्ववियुको संयुक्त प्यानलकी रामाकान्ती थारुले ७९ मत पाइन् ।कोषाध्यक्षमा जनमत विद्यार्थी संघका सितुकुमारी पटेल १३० मत ल्याएर विजयी हुँदा नेविसंघका प्रतिमा यादव र संयुक्त प्यानलका प्रविन कुमार हरिजनले समान ९७ मत ल्याएर पराजित भए ।

    यस्तै सदस्यमा पनि जनमत विद्यार्थी संघका सबै उम्मेदवार विजयी भएका छन् । प्रत्यक्षतर्फ सदस्यमा सामलाल लोनिया, अमित कुमार सहानी, सदानन्द कुमार नाउ, जवाहिर गुप्ता र शिवसागर गिरी विजयी भएका छन् । समानुपातिकको सात सदस्यमध्ये जनमतले तीन, नेविसंघ र अनेरास्ववियु प्यानलले २र२ सदस्य पाएका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार