शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने 

एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने 

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत नदिने भएको छ ।एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले 'प्रचण्ड'लाई विश्वासको मत दिन नसक्ने बताएका हुन् ।

साझा पोष्ट
सोमबार, चैत ६ २०७९
  • images
    एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने 
    images

    काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत नदिने भएको छ ।


    images
    images

    एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले 'प्रचण्ड'लाई विश्वासको मत दिन नसक्ने बताएका हुन् ।

    दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् । यसअघि गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला संसद बैठकमा उपस्थित २७० सांसदहरुमध्ये प्रचण्डले २६८ मत पाएका थिए ।

    तत्कालीन सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, राप्रपासहित प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिएका थिए । सत्ता समीकरण फेरिएसँगै एमाले र राप्रपाले सरकारको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएका छन । त्यसैले प्रचण्डले पुनः विश्वासको मत लिन लागेका हुन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार