बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

कर्मचारीलाई तलब र पेन्सन दिन ऋण माग्ने अवस्था आउँछ : अर्थविद् पोखरेल

कर्मचारीलाई तलब र पेन्सन दिन ऋण माग्ने अवस्था आउँछ : अर्थविद् पोखरेल

काठमाडौं । अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको अर्थतन्त्र खस्किँदै भएको भन्दै चिन्ता व्यक्त गरेका छन ।  सुनसरीको इनरुवामा सञ्चारकर्मीहरुसँग् अर्थविद् डा. पोखरेलले मुलुकको पछिल्लो अर्थ व्यवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन । उनले विकास खर्चलाई र देशमा तलव खुवाउनका लागि समेत ऋण लिनुपर्ने अवस्था आउने चेतावनी दिए। 

साझा पोष्ट
सोमबार, चैत ६ २०७९
  • images
    कर्मचारीलाई तलब र पेन्सन दिन ऋण माग्ने अवस्था आउँछ : अर्थविद् पोखरेल
    images

    काठमाडौं । अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको अर्थतन्त्र खस्किँदै भएको भन्दै चिन्ता व्यक्त गरेका छन । 


    images
    images

    सुनसरीको इनरुवामा सञ्चारकर्मीहरुसँग् अर्थविद् डा. पोखरेलले मुलुकको पछिल्लो अर्थ व्यवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन । उनले विकास खर्चलाई र देशमा तलव खुवाउनका लागि समेत ऋण लिनुपर्ने अवस्था आउने चेतावनी दिए। 

    ‘जब हामीले विकास खर्च कम, चालु खर्च बढाउन थाल्यौँ, हुँदाहुँदा अहिले हामी ठूलो अन्तरमा आइसक्यौँ। हामी यस्तो दिनमा गइसक्यौँ, विकास खर्चलाई त पूरै ऋण लिनुपर्ने अवस्था छ। हाम्रो चालु खर्च तलव, भत्ता, पेन्सन दिन पनि ऋण लिनुपर्ने अवस्थामा हामी पुगेका छौँ', उनले भने, 'हिजो साँझसम्मको देशको आर्थिक तथ्यांक हेर्दा यो मुलुक यो आर्थिक वर्षमा करिब २ सय अर्ब घाटामा गइसक्यो। अब कति ऋण लिएर चलाउने हो ?’

    अर्थविद् पोखरेलले अर्थतन्त्र सुधारका लागि राजनीतिक स्थायित्वसँगै नियम, कानुन फेरबदलको खाँचो रहेको बताए। दल र नेता स्वार्थ केन्द्रित राजनीतिमा लिप्त हुँदा मुलुकको अर्थतन्त्र बिग्रँदै गएको उनले टिप्पणी गरे । 
    राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका अर्थविद् पोखरेलले मुलुकको आर्थिक अवस्था खस्किनुको मूल कारण देशको राजनीतिक अस्थिरता भएको बताए । 

    नेताहरुमा गम्भीरता नै नरहेको र सरकार तथा मन्त्रीहरुमा जिम्मेवारी लिने र संरचना सुधारमा लाग्ने भोक नरहेको दाबी उनले गरे।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार