शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

प्रधानमन्त्रीलाई विष्णु पौडेलको प्रश्नः एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग गर्नुको कारण के हो ? 

प्रधानमन्त्रीलाई विष्णु पौडेलको प्रश्नः एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग गर्नुको कारण के हो ? 

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमाले नेतृत्वको गठबन्धनसँगको सहयात्रा तोड्नु पर्ने कारण माग गरेका छन् ।  सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै पौडेलले एमालेसँगको सहयात्रा तोडेर कांग्रेससँग गठबन्धन गर्नुको कारण माग गरेका हुन् ।

साझा पोष्ट
सोमबार, चैत ६ २०७९
  • images
    प्रधानमन्त्रीलाई विष्णु पौडेलको प्रश्नः एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग गर्नुको कारण के हो ? 
    images

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमाले नेतृत्वको गठबन्धनसँगको सहयात्रा तोड्नु पर्ने कारण माग गरेका छन् । 


    images
    images

    सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै पौडेलले एमालेसँगको सहयात्रा तोडेर कांग्रेससँग गठबन्धन गर्नुको कारण माग गरेका हुन् । उनले आज जवाफ नदिए पनि एउटा विन्दुमा गएर प्रचण्डले यसको जवाफ दिनै पर्ने बताए । 

    ‘प्रचण्डको नेतृत्वमा सरकार बन्दा कुन पृष्ठभूमिबाट अघि बढेका थियौँ त्यो पृष्ठभूमिलाई हेक्का राख्न जरुरी छ । निर्वाचनमा एकातिर गठबन्धन र अर्कोतिर एमाले भएर निर्वाचन भयो । निर्वाचनमा एमाले मतका हिसाबले पहिलो भए पनि सिटका आधारमा दोस्रो पार्टी बन्यो’, पौडेलले भने, ‘त्यसैले प्रतिपक्षमा बस्छौ भनेर भनेका थियौ । जब गठबन्धनले सरकार दिन सकेन, राष्ट्रपतिले दिएको समयभित्र पनि सरकार गठनमा गठबन्धनले सरकार दिन सकेन, त्यस परिस्थितिमा माओवादी केन्द्रका अध्यक्षले समर्थन मागेकाले सशर्त समर्थन गरेका थियौ ।’

    प्रधानमन्त्री बन्न समर्थन लिने र बनेको भोलिपल्ट शत्रुताको सम्बन्ध राख्दै एमालेलाई एक्ल्याउने प्रयास भएको उनले बताए । उपाध्यक्ष पौडेलले भने, यस्तो अवस्थामा एमाले विनाको सहमति कस्तो राष्ट्रिय सहमति हो ? म सम्माननीय प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, एमालेविना राष्ट्रिय सहमति सम्भव छ कि छैन ?’
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार