बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

प्रचण्डप्रति लिङदेनको कटाक्ष : प्रधानमन्त्रीलाई नयाँ गाडी चलाउन दिँदा पुरानोमा फर्किनु भयो

प्रचण्डप्रति लिङदेनको कटाक्ष : प्रधानमन्त्रीलाई नयाँ गाडी चलाउन दिँदा पुरानोमा फर्किनु भयो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति व्यंग्य गर्दै पुरानो गाडी चलाउन ड्राइभर फर्किएपछि आफूले सत्ताबाट बाहिरिनुपरेको बताएका छन् । सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो व्यंग्य गरेका हुन् ।

साझा पोष्ट
सोमबार, चैत ६ २०७९
  • images
    प्रचण्डप्रति लिङदेनको कटाक्ष : प्रधानमन्त्रीलाई नयाँ गाडी चलाउन दिँदा पुरानोमा फर्किनु भयो
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति व्यंग्य गर्दै पुरानो गाडी चलाउन ड्राइभर फर्किएपछि आफूले सत्ताबाट बाहिरिनुपरेको बताएका छन् । 


    images
    images

    सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो व्यंग्य गरेका हुन् । उनले नयाँ गाडी दिँदादिँदै पनि ड्राइभर पुरानो गाडीमा फर्किएपछि आफू बाध्य भएर सरकारबाट छुट्नुपरेको बताए । उनले प्रधानमन्त्री प्रचण्डले धोका दिएपछि आफू सरकारबाट बाहिरिएको र यसमा इतिहासले मूल्यांकन गर्ने बताए । 

    लिङदेनले हाइड्रोजन गाडी दिँदैदिँदै प्रधानमन्त्री थोत्रो गाडीमा फर्किएको टिप्पणी गरे । उनले भने, ‘हामीले त लाइसेन्स प्राप्त ड्राइभरलाई गाडी चलाउन दिएका थियौँ । तर उहाँ स्टार्ट गर्न नपाउँदै पुरानै गाडी चलाउँछु भनेर झर्नुभयो । त्यसपछि हामी सरकारमा बसिरहन सकेनौं। समर्थन फिर्ता लियौँ । तर उहाँले धोका दिनुभयो । यो मुलुकमा नैतिकता पनि हुन्छ भनेर हामीले देखायौं ।’ अध्यक्ष लिङदेनले राप्रपाले विश्वासको मत नदिने बताए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार