शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

अहिलेको गठबन्धन एकतावद्ध भएर जान्छ, ५ वर्ष टिक्छ : माधव नेपाल

अहिलेको गठबन्धन एकतावद्ध भएर जान्छ, ५ वर्ष टिक्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन ५ वर्ष नै टिक्ने दाबी गरेका छन् । सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।  उनले अहिलेको गबठन्धन आगामी ५ वर्ष नै टिकेर देश विकास गर्ने र देशलाई समृद्धिको विकासतर्फ अग्रसर बनाउने बताए ।

साझा पोष्ट
सोमबार, चैत ६ २०७९
  • images
    अहिलेको गठबन्धन एकतावद्ध भएर जान्छ, ५ वर्ष टिक्छ : माधव नेपाल
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन ५ वर्ष नै टिक्ने दाबी गरेका छन् । सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । 


    images
    images

    उनले अहिलेको गबठन्धन आगामी ५ वर्ष नै टिकेर देश विकास गर्ने र देशलाई समृद्धिको विकासतर्फ अग्रसर बनाउने बताए । नेपालले वैशाखमा विश्वासको मत फेरि लिनुपर्ने होइन भन्ने प्रश्न उठिरहेको भन्दै त्यो प्रश्न गर्नु अस्वभविक नरहेको बताए । 

    उनले अहिलेको गठबन्धनको अवस्थालाई मध्यनजर गर्दा गठबन्धन ५ वर्ष नै टिक्ने दाबी गर्नुभयो । उनले नेपालको राजनीति कसरी अघि बढ्छ भन्ने बारेमा आफू परिचित रहेको भन्दै राजनीतिक यात्राको बारेमा आफूलाई राम्रोसँग हेक्का रहेको जिकिर गरे । 

    ‘फेरि वैशाखको अर्को हप्तामा विश्वासको मत लिनुपर्ने त होइन भन्नेकुरा उठेको छ । यो आशंका गर्नु अस्वभाविक होइन, तर त्यो अवस्था आउँदैन । यो गठबन्धन ५ वर्ष नै टिक्छ, राज्यका सबै समस्याहरुको समाधान गरेर अघि बढ्छ । यो गठबन्धन एकतावद्ध भएर अघि बढ्छ, अध्यक्ष नेपालले भने, ‘यस कुरामा विश्वस्त हुन सबैलाई आह्वान गर्न चाहन्छु । संख्याले मात्रै हुँदैन, म आफैँ पनि त्यस्तो मान्छे हुँ २१ महिनासम्म २२ वटा पार्टीलाई साथमा लिएर कुनैपनि किसिमको समस्याविना अन्तिम बिन्दुसम्म लैजाने काम गरेको छु । नेपालको राजनीतिक यात्रा कस्तो हुन्छ भन्ने हेक्का मलाई पनि छ । हाम्रो घटकहरुसँगको सहकार्यलाई हेर्दा यो टिकाउ हुन्छ भन्ने विश्वास छ ।’

    अध्यक्ष नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताए । अध्यक्ष नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको विकल्प भएकाले तत्काल काम शुरु गर्न सरकारसँग आग्रह पनि  गरे । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार