बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

यू-१७ महिला साफ : नेपाल भारतसँग ४-१ ले पराजित

यू-१७ महिला साफ : नेपाल भारतसँग ४-१ ले पराजित

काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ ।  ढाकामा सोमबार भएको खेलमा नेपाल भारतसँग ४-१ ले हारेको हो ।जितसँगै भारतले पहिलो खेलमा ३ अंक जोडेको छ । नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसिया सहभागी छन । अब नेपालले दोस्रो खेलमा बुधबार भुटानसँग खेल्नेछ । योगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

साझा पोष्ट
सोमबार, चैत ६ २०७९
  • images
    यू-१७ महिला साफ : नेपाल भारतसँग ४-१ ले पराजित
    images

    काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ । 


    images
    images

    ढाकामा सोमबार भएको खेलमा नेपाल भारतसँग ४-१ ले हारेको हो । खेलको दशौँ मिनेटमा शिल्जी शाजीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिइन् ।शाजीले ४० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरि्न भने ४१ औं मिनेटमा पूजाले गोल गरेर भारतलाइ पहिलो हाफमा ३-० ले अग्रता  दिलाइन् । 

    ५४ औं मिनेटमा वर्षा ओलीले गोल गर्दै नेपाललाई ३-१ को स्थितिमा ल्याईन् । तर खेलको ८० औं मिनेटमा शाजीले ह्याट्रिक पूरा गर्दै भारतलाई ४-१ को जित दिलाईन् ।

    जितसँगै भारतले पहिलो खेलमा ३ अंक जोडेको छ । नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसिया सहभागी छन । अब नेपालले दोस्रो खेलमा बुधबार भुटानसँग खेल्नेछ । त्यस्तै अर्को आइतबार रुससँग खेल्नेछ ।नेपालले अर्को हप्ताको मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ ।राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार