बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

ओलीजीले अझै एकपटक मलाई प्रधानमन्त्री बनाउन बाँकी छ: प्रचण्ड

ओलीजीले अझै एकपटक मलाई प्रधानमन्त्री बनाउन बाँकी छ: प्रचण्ड

साझा पोष्ट
सोमबार, चैत ६ २०७९
  • images
    ओलीजीले अझै एकपटक मलाई प्रधानमन्त्री बनाउन बाँकी छ: प्रचण्ड
    images

    काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै एकपटक आफूलाई प्रधानमन्त्री बनाउन बाँकी रहेको बताएका छन् ।


    images
    images

    विश्वासको मत प्रस्तावमाथि छलफलमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो अझै हिसाबकिताब बाँकी रहेको बताएका हुन । आफूले ओलीलाई दुईपटक प्रधानमन्त्री बनाएको र त्यसको ब्याज तिर्न पनि अझै एकपटक ओलीले प्रधानमन्त्री बनाउनुपर्ने प्रचण्डले उल्लेख गरे । 

    'ओलीजीलाई मैले आभार व्यक्त गरेको छु तपाईंले मलाई प्रधानमन्त्री बनाउनु भयो भनेर । मैले तपाईंलाई २ पटक प्रधानमन्त्री बनाएको थिएँ ,प्रचण्डले  भने, 'तपाईंले मलाई ब्याज तिर्नुपर्ने थियो । ऋण तिर्नुपर्ने थियो ।अझै एकपटक बाँकी छ । एउटा बाँकी छ हिसाब राख्नु होला । '

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार