शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

थ्री नेसन्स कपको तयारी पूरा, विजेताले ५ हजार डलर पाउने

थ्री नेसन्स कपको तयारी पूरा, विजेताले ५ हजार डलर पाउने

काठमाडौं । प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिताका उपाधि विजेताले पाँच हजार अमेरिकी डलर पुरस्कार पाउने भएको छ।  अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको र विजेताले पाँच हजार डलर पाउने जानकारी दिएको हो ।  प्रतियोगितामा दोस्रो हुनेले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछ। 

साझा पोष्ट
सोमबार, चैत ६ २०७९
  • images
    थ्री नेसन्स कपको तयारी पूरा, विजेताले ५ हजार डलर पाउने
    images

    काठमाडौं । प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिताका उपाधि विजेताले पाँच हजार अमेरिकी डलर पुरस्कार पाउने भएको छ। 


    images
    images

    अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको र विजेताले पाँच हजार डलर पाउने जानकारी दिएको हो ।  प्रतियोगितामा दोस्रो हुनेले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछ। 

    हरेक खेलको म्यान अफ द म्याचले २५० अमेरिकी डलर तथा उत्कृष्ट खेलाडीले ५०० अमेरिकी डलर पाउनेछ। राष्ट्रिय खेलकुद परिषद्ले पुरस्कारका लागि ९,५०० अमेरिकी डलर पुरस्कार रकम दिनेछ । चैत ८ देखि १७ गतेसम्म हुँदैछ । प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्ने छन् । 

    प्रतियोगिताका लागि भुटान र लाओसको टोली  सोमबार नेपाल आइपुगि सकेका छन्। नेपालले भने अहिलेसम्म टोली घोषणा गरेको छैन। 

    सिंगल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन्। फिफा विन्डो अन्तर्गतको मितिमा हुन लागेको प्रतियोगिताको फाइनल खेलले भने फिफा मान्यता पाउने छैन। फाइनल खेल फिफा विन्डो बाहिर पर्ने भएकाले फाइनल खेलले फिफा वरियतामा कुनै प्रभाव पार्नेछैन।

    नेपालले आगामी बुधबार लाओससँग र आगामी मंगलबार भुटानसँग खेल्नेछ। लाओस र भुटानबीचको खेल शनिबार हुनेछ। खेल दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछन।  चैत १७ गते शुक्रबार फाइनल खेल हुनेछ। फाइनल खेल साँझ साढे ५ बजे सुरु हुने एन्फाले जनाएको छ। 
    प्रतियोगिताका मार्केटिङ र ब्रोडकास्टिङ अधिकारकालागि एन्फाले एमडीएसी स्पोर्टस् प्रा।लिसँग सम्झौता भएको छ । खल्ती एपसँग सहकार्य गरेर प्रतियोगिताका लागि टिकट भने एन्फा आफैले बेच्नेछ। एन्फाले साधारण प्यारापिटतर्फ ५ सय र भीआइपी प्यारापिटतर्फ १ हजार रुपैयाँ टिकट दर तोकेको छ। प्रतियोगितामा   १ करोड ७७ लाख ६८  हजार ४८० रुपैयाँ खर्च लाग्ने एन्फाको अनुमान छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार